२० वैशाख २०८१, बिहिवार

2nd, May 2024, Thursday

Aaawajonline.com

निजामती सेवा दिवसमा पुरस्कृत हुने ४० जना कर्मचारीको नामावली सार्वजनिक

२२ भदौ २०८०, शुक्रवार आवाज संवाददाता
आवाज संवाददाता

२२ भदौ २०८०, शुक्रवार

काठमाडौं । २०औं निजामती सेवा दिवसमा सरकारले ४० जना पुरस्कृत हुने कर्मचारीहरूको नामावली सार्वजनिक गरेको छ । व्यावसायिक र सिर्जनशील प्रशासन स् विकास, समृद्धि र सुशासन भन्ने नाराका साथ मनाइने दिवसमा एक लाख रुपैयाँ राशीको उत्कृष्ट निजामती सेवा पुरस्कार १० जनालाई र ५० हजार रुपैयाँ राशीको निजामती सेवा पुरस्कार ३० जना पुरस्कृत हुने कर्मचारीहरूको नामावली सार्वजनिक गरेको हो ।

 

सरकारले विगतका वर्षमा जस्तै यस वर्ष पनि २ लाख रुपैयाँ पुरस्कार राशीको सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार पाउने कर्मचारी भने छनोट गरेन । बिहीबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकबाट ४० कर्मचारीलाई पुरस्कृत गर्ने निर्णय गरेको थियो । उत्कृष्ट निजामती सेवा पुरस्कार पाउनेहरुमा धनकुटाका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, प्रधानमन्त्री कार्यालय सिंहदरबारका सहसचिव बुद्धबहादुर गुरुङ, सामान्य प्रशासन मन्त्रालयका उपसचिव कविन्द्र नेपाल, रामग्राम नगरपालिका नवलपरासी पश्चिमका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्का र कानुन मन्त्रालयका उपसचिव रामप्रसाद लम्साल छन् ।

 

यसैगरी राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशक ढुण्डीराज लामिछाने, मालपोत कार्यालय खाँदबारीका मालपोत अधिकृत चन्द्रप्रसाद मिश्र, अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालका कम्प्युटर अधिकृत सुनिल कुमार केसी, कोष तथा लेखा नियन्त्रक कार्यालय मुगुका कोष नियन्त्रक लक्ष्मीकृष्ण हमाल र आन्तरिक राजश्व कार्यालय हेटौंडाकी नायब सुब्बा शुभलक्ष्मी लामाले पनि उत्कृष्ट निजामती सेवा पुरस्कार पाएका छन् । यसैगरी ५० हजार रुपैयाँ राशीको निजामती सेवा पुरस्कार कान्ति बाल अस्पताल काठमाडौंकी प्रमुख अस्पताल नर्सिङ प्रशासक डा. रोशनी लक्ष्मी तुइतुई सहित ३० जनाले पाएका छन् ।