२० वैशाख २०८१, बिहिवार

2nd, May 2024, Thursday

Aaawajonline.com

घर-घरमा संविधान बाँड्न सर्वोच्चको आदेश

२४ भदौ २०८०, आइतवार आवाज संवाददाता
आवाज संवाददाता

२४ भदौ २०८०, आइतवार

काठमाडौंः  सर्वोच्च अदालतले घरमा नेपालको संविधानको प्रति बाँड्न सरकारका नाममा परामादेश दिएको ।  अधिवक्ता विकास भट्राईले नेपाली जनताले आफ्ना जनप्रतिनिधि मार्फत निर्माण गरेको संविधान हरेक नेपालीको घरमा पुग्नु पर्ने भन्दै दायर गरेको रिट निवेदन सुनुवाई गर्दै सर्वोच्चले उक्त आदेश दिएको हो । 
अइतवार मुद्दाको फैसला गर्देै न्यायाधीशहरु सुष्मालता माथेमा र हरि फूयालको इजलासले हरेक नेृपालीको घरघरमा संविधान बाँड्न परमादेश जारी गरेको सर्वोच्च अदालतले जनाएको छ । 
भट््राईले नेपाली जनताले आफ्ना प्रतिनिधिमार्फत बनाएको संविधान हरेक नेपालीको घरमा पुग्नुपर्ने भन्दै संविधानको प्रति वितरण गर्न माग गर्दै २०७२ सालमा रिट निवेदन दायर गर्नु भएको थियो ।