२० वैशाख २०८१, बिहिवार

2nd, May 2024, Thursday

Aaawajonline.com

इजरायलको जोखिमयुक्त क्षेत्रबाट नेपालीको उद्धार

२३ असोज २०८०, मङ्गलवार आवाज संवाददाता
आवाज संवाददाता

२३ असोज २०८०, मङ्गलवार

 इजरायलको जोखिमयुक्त क्षेत्रबाट लगभग सबै नेपालीलाई सुरक्षित ठाउँमा सारिएको छ । परराष्ट्र मन्त्रालयका अनुसार द्वन्द्व प्रभावित क्षेत्रबाट सम्पर्कमा आएका सबै नेपालीको उद्धार गरी सुरक्षित ठाउँमा सारिएको हो ।

 

स्वदेश फर्किन चाहनेहरुका तथ्याङ्क सङ्कलनको काम भइरहेको छ । सरकारले पहिलो प्राथमिकतामा राखेर इजरायल सरकारसँग समन्वय गरेर उनीहरुलाई स्वदेश फर्काउन काम थालेको हो । अहिलेसम्म दुई सयभन्दा धेरैले नेपाल फर्किन अनलाइन रजिष्ट्रेशन भरेका छन् । नेपाल फर्कन इच्छुकहरूको स्वदेश फिर्तीका लागि दूतावासबाट नेपाल सरकार र इजरायल सरकारसँग समन्वय भइरहेको छ । नेपाल फर्किन इच्छुक नेपालीले दूतावासको वेबसाइटमा राखिएको लिङ्कमा क्लिक गरी रजिष्ट्रेशन भर्न सक्ने छन् ।

 

इजरायलमा प्रविधिको पहुँच रहेकाले अनलाइन रजिष्ट्रेशन गर्न नेपालीलाई समस्या नहुने पनि मन्त्रालयको भनाइ छ । रजिष्ट्रेशन सम्बन्धी थप जानकारी आवश्यक भएमा दूतावासमा सम्पर्क गर्न पनि अनुरोध गरिएको छ । रजिष्ट्रेशनको काम सकिएपछि नेपालबाट विमान पठाएर उनीहरुलाई ल्याउने सरकारको तयारी छ ।

सम्बन्धित समाचार

East West Fast Food